समाचार

जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते



काठमाडौँ, १७ चैत । दार्चुलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते छन् ।

प्रहरीका अनुसार शैल्यशिखर नगरपालिका–४ ओशिल भन्ने ठाउँमा भित्री सडक खण्डमा मंगलबार बिहान सुपप्र०१-००१ ज १६४१ नम्बरको जिप दुर्घटना दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर जिपमा सवार शैल्यशिखर नगरपालिका-१ बस्ने ४५ वर्षको भरत तितरा र मालिकार्जुन-७ बस्ने ३५ वर्षीया मनीषा पालको मृत्यु भएको हो । गम्भीर अवस्थामा घटनास्थलबाट उद्धार गरिएका दुवै जनाको गोकुलेश्वर अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । दुर्घटनामा चालकसहितका चार जना घाइते छन् ।

घाइते हुनेमा शैल्यशिखर नगरपालिका-४ को काँडापारी बस्ने जिप चालक २२ वर्षका प्रकाश ठगुन्ना, जिपमा सवार २५ वर्षीय विक्रम महर, ५० वर्षीय अकबर महरा र मालिकार्जुन गाउँपालिका–५ डाडाकोट बस्ने ४५ वर्षीय मिनबहादुर पाल रहेका छन् । उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।