काठमाडौँ, १७ चैत । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरको एक होटलमा युवती मृत फेला परेकी छन् ।
जुन तारा स्टापलाइन होटलमा पोखरा महानगरपालिका १३ मियापाटनकी २३ वर्षीया जेनिसा विक मृत भेटिएकी हुन् ।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार आज बिहान ११ बजेतिर उनी ढल्केवरको जुन तारा स्टापलाइन होटेलमा मृत फेला परेको खबर आएको थियो । उनी त्यही होटेलमा काम गर्थिन् ।
आज बिहान साढे ८ बजेतिर आमा सीता विकसँगै उनी होटेलमा पुगेकी थिइन् । होटेलको काउन्टरनजिकै लडेको अवस्थामा उनी मृत फेला परेकी हुन् । मृत्युको कारण अहिलेसम्म खुलेको छैन ।
शव पोस्टमार्टमको लागि बर्दिबास अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्