काठमाडौँ, १७ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सार्वजनिक खरिद ऐन संशोधनका लागि कार्यदल बनाउनु सकारात्मक कदम भएको बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको २६ औँ साधारण सभा तथा १३ औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले लामो समयदेखि अव्यवहारिक रहेको ऐन परिवर्तन गर्न निजी क्षेत्रले उठाउँदै आएको माग सम्बोधन हुन लागेकोमा खुसी व्यक्त गरेका हुन् ।
दुई तिहाइको वर्तमान सरकारले एक साता नबित्दै संशोधनको प्रक्रिया अघि बढाउनु निर्माण क्षेत्रका लागि उत्साहजनक भएको उनको भनाइ छ। अध्यक्ष ढकालले ऐन संशोधन भएमा निर्माण क्षेत्रमा व्याप्त धेरै नीतिगत समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे।
उनले अब गठित कार्यदलसमक्ष निर्माण व्यवसायीहरूले आफ्ना वास्तविक र स्पष्ट समस्याहरू राख्नुपर्नेमा जोड दिए। सरकारले उद्योग वाणिज्य महासंघको सुझावअनुसार नै कार्यदल बनाएर काम अघि बढाएकाले यसपटक निर्माण क्षेत्रका जटिलताहरू हट्ने अपेक्षा उनले गरे।
सम्बोधनका क्रममा ढकालले निर्माण व्यवसायीहरूले भोग्दै आएको व्यावहारिक कठिनाइको पनि चर्चा गरे। विशेषगरी ठेक्का प्रक्रियामा बैंक ग्यारेन्टीको व्यवस्था भए पनि कतिपय अवस्थामा व्यवसायीको गल्ती बिना नै काम रोकिने गरेको उनले उल्लेख गरे।










प्रतिक्रिया दिनुहोस्