समाचार

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, १८ चैत । सङ्खुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पाँचखपन–४ खानीगाउँस्थित भित्री सडकखण्डमा वानाबाट टिम्मुरेतर्फ जाँदै गरेको प्र१–०२–००३त ३८६६ नम्बरको ट्रयाक्टर आज विहान दुर्घटना हुँदा पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठ मृत्यु भएको हो ।

दुर्घटनामा ट्रयाक्टरमा सहयोगी काम गर्ने २१ वर्षीय श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रयाक्टर चालक पाँचखपन–३ सिभुवाका १८ वर्षीय विकास दर्जीलाई नियन्त्रणमा लिएको छ ।