Banner News

संसद्‌मा मेरो भूमिका निष्पक्ष रहनेछ : सभामुख अर्याल



काठमाडौँ, २३ चैत । सभामुख डोल प्रसाद अर्यालले संसद्‌मा आफ्नो भूमिका निष्पक्ष रहने बताएका छन् ।

सभामुखमा निर्वाचित भएपछि अर्यालले आज पहिलो पटक सभा सञ्चालन गरे । सभालाई कार्यसूचीमा प्रवेश गराउनु अगाडि उनले आफ्नो भूमिका निष्पक्ष रहने बताएका हुन् ।

उनले भने, ‘सबैको समन्वयमा संसद्को गरिमा बढ्नेमा दुविधा छैन’ ‘मेरो निष्पक्ष भूमिका रहनेछ ।’

पूराना ऐन बदलेर संशोधन गर्ने र नयाँ बनाउने सन्दर्भमा सदन काम गर्न तत्पर हुने उनले विश्वास व्यक्त गरे ।

सभामुखको रुपमा तटस्थ, निश्पक्ष र समन्वयकारी हुने पनि उनले बताए ।