काठमाडौँ, २५ चैत । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ४२.१२ अङ्कले बढेर २७९९.५३ विन्दुमा पुगेर बन्द भएको छ ।
बजारमा परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ । आज कुल ३४५ कम्पनीका १ करोड ८६ लाख कित्ता सेयर कारोबारबाट ८ अर्ब २१ करोड ५४ लाख रुपैयाँ बराबरको खरिद–बिक्री भएको छ ।
आज कारोबार भएका सबै उप–सूचकहरू हरियाली देखिएका छन्। सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह ३.८७ प्रतिशतले बढेको छ। यस्तै, जलविद्युत २.६१ प्रतिशत र होटल तथा पर्यटन समूह २.५६ प्रतिशतले वृद्धि भएको छ। बैंकिङ समूह १.१५ प्रतिशत र विकास बैंक १.९८ प्रतिशतले बढेका छन् ।










प्रतिक्रिया दिनुहोस्