काठमाडौँ, २७ चैत । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम झाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज अर्थ मन्त्रालयमा भएको उक्त भेटवार्तामा दुई देशबिचको आर्थिक तथा कूटनैतिक सम्बन्धका विविध आयामका बारेमा छलफल भएको चिनियाँ राजदूत झाङ माओमिङले जनाएका छन् ।
अर्थमन्त्री र राजदूतबिच भएको भेटमा बैङ्किङ क्षेत्र, कनेक्टिभिटी (सञ्जाल विस्तार), पर्यटन र पछिल्लो समय विकसित आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा द्विपक्षीय सहयोग बढाउने विषयमा छलफल भएको थियो ।
दुवै पक्षले नेपाल र चीनबिचको कनेक्टिभिटीलाई अझ सुदृढ बनाउने र द्विपक्षीय सम्बन्धलाई व्यावहारिक, कुशल र दिगो विकासको बाटोमा अगाडि बढाउने साझा प्रतिबद्धता भएको छ ।










प्रतिक्रिया दिनुहोस्