अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २९ चैत । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९७ हजार १ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।