राजनीति

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण



काठमाडौँ, ३० चैत । प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी ठाकुरले आज पदभार ग्रहण गरेकी छन् ।

यही चैत २७ गते प्रतिनिधिसभा बैठकबाट उक्त पदमा निर्वाचित उपसभामुख ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् ।

उपसभामुख ठाकुरले आजै सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गरिन् । अर्यालले उपसभामुख ठाकुरलाई बधाई र शुभकामना दिएका छन् ।