Banner News

सिपाडोल: ‘हिजो उपेक्षा, आज उदाहरण’



भक्तपुर, ३० चैत । चमत्कार भन्नाले आश्चर्य, विस्मय, तमासा वा अलौकिक कार्यलाई बुझिन्छ, जुन सामान्य नियमभन्दा बाहिरको घटना हो । हो, ठाक्कै त्यस्तै भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ८ को विकासको गतिलाई लिन सकिन्छ, जुन असाधारण र अपेक्षा गरेभन्दा उत्कृष्ट रहेको छ । जहाँ शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, ढल, खानेपानी, पुल, सार्वजनिक स्थललगायतका क्षेत्रमा विकासको लहर छाएको छ : जनताको बदलिएको छ, अनुहार र जीवनयापन ।

हिजो उपेक्षित थियो, केन्द्रीय राजधानी काठमाडौँबाट नजिकै रहेको छ, सूर्यविनायक नगरपालिका वडा नं. ८ । अरनिको राजमार्ग हुँदै जब सूर्यविनायक चोकबाट गणेश मन्दिर पुगिन्छ, तब त्यहाँको क्षेत्रभित्र सुन्दर वातावरणमा भलिवलका खेलाडीलाई प्रशिक्षण दिइरहेको हुन्छ । झण्डै दुई दर्जन युवाहरुले प्रशिक्षण लिइरहेका हुन्छन् । प्रशिक्षकको भुमिका निर्वाह गरिरहेका हुन्छ, नगपालिकाको खेलकुद विकास समितिका सचिव दिपक थापा । खुसी हुँदै भन्छन्, ‘प्राविधिक रुपमा मैदानमा सानो समस्या बाहेक राष्ट्रिय स्तरका भलिवल प्रतियोगिता गराउन यो मैदान उत्कृष्ट र वातावरणमैत्री छ । अब हाम्रो ध्यान राष्ट्रिय प्रतियोगितामा केन्द्रीत गर्दैछौं ।’

‘स्वस्थ युवा, स्वस्थ समाज’ निर्माण गर्ने वडा कार्यालयको महत्वपूर्ण अभियान रहेको छ । ‘सवल राष्ट्र निर्माणको लागि स्वस्थ युवा, स्वस्थ युवाको लागि खेलकुद’ हुनुपर्छ । ‘स्वास्थ्यका लागि खेलकुदमात्र नभई अब राष्ट्रका लागि खेलकुद’ बनिरहेको छ । खेलकुदलाई उत्पादन, रोजगारसँगै आर्थिक समृद्धिको आधारसँग जोड्ने नगरपालिकाको अभियान रहेको छ । यसै क्रममा २५ लाखको लागतमा सिपाडोलमा चन्द्रवैभव व्याडमिन्टन कवर्ड हल निर्माण गरिएको छ, जहाँ व्याडमिन्टर खेलका दुई वटा मैदान रहेका छन् । मैदानमा खेलाडीले आफ्नो स्वास्थ्यको लागि मात्र नभई राष्ट्रको लागि नै खेलिरहेको, प्रतिष्पर्धा गरिरहेको जस्तै देखिन्छ ।

वडाध्यक्ष पुष्पराज बस्नेत भन्छन्, ‘खेलकुद स्वास्थ्यको ‘जीवन र जगत’तथा ‘सामाजिक एकता र सद्भाव’को लागि हो । खेलकुद अब ‘परिभाषाको लागिमात्र हैन, परिवर्तन र व्यवहार’को लागि हुनुपर्छ । विश्वले खेलकुदलाई आर्थिक समृद्धिको मेरुदण्डको रुपमा लिएका छौं । खेलाडीको लागि उचित व्यवस्थापन गरिरहेका छौं । आशापुरीमा १० लाखको लागतमा खेलमैदान बनाएका छौं, खेलाडीहरुलाई प्रोत्याहन गरिहेका छौं ।’

हिजो उपेक्षा गरिएको ठाउँ, आज उदाहरण बनेको छ । युवा वडाध्यक्ष निर्वाचित भएको झण्डै चार वर्ष पुरा हुन लागेछ । उनको नेतृत्वमा मात्र वडामा करिव एक अर्व ५० करोडभन्दा बढी रकम विनियोजन गराई विकासका योजनाहरु अगाडी बढाइएको छ, जसमा चाल आर्थिक वर्षमा मात्रै पनि करिवा ७० करोड बराबरको निर्माण कार्यहरु भइरहेको उनले जानकारी दिए । प्रचारमा नल्याइएको तर साँच्चै विकास भइरहेको छ । धुलोदेखी चमकसम्म : सिपाडोलको प्रेरणादायी यात्रा बनिरहेको छ । दुई करोडको समपुरक लागतमा वडा कार्यालयदेखी आदर्शनगरसम्म भक्तपुरको ऐतिहासिक विशेषता बोकेको चिल्लो सडक बनिरहेको छ । त्यसैको छेउमा एक करोडको लागतमा मोटरेवल पुल बनिरहेको छ ।

वडा कार्यालयको आधुनिक भवन निर्माण गरिएको छ । त्यहाँ भक्तपुरको पहिचान झल्कने ड्रइङ गरिएको छ । चख्खु खोलाका कारण वारी पारी गर्न लामो लाग्ने समय अब एक मिनेटमा नै पार गर्ने अवस्था बनिरहेको छ । एक करोडको लागतमा चख्खु छतपुखु विविचा सडक बनिरहेको छ । स्थानीयवासीको जीवन सुरक्षित र प्रभावकारी बनिरहेको छ ।

विकास बोल्छ, कुरामा होइन, काममा देखियो सिपाडोल । ५० लाखको लागतमा तदपुखु सामुदायिक भवन सम्पन्न हुने क्रममा रहेको छ । सडक निर्माण भइरहेको छ । त्यहीदेखी ठिक अलि माथि तौडोल खानेपानी तथा उपभोक्ता समिति रहेको छ । जसले १४ करोडको लागतमा वडाभित्र ३० किलोमिटर क्षेत्रमा खानेपानीको पाइप जोडिरहेको छ । जसले कार्यसम्पादन समाप्त गरिसकेपछि वडाका स्थानीयवासीले स्वच्छ र सफा खानेपानीबाट बञ्चित हुनुपर्ने छैन, विगतको थियो भनि इतिहासमा पढ्नेमात्र अवस्था बन्दै गएको छ ।

कामको राजनीति : सिपाडोलमा विकासको ठोस प्रमाणहरु रहेका छन् । छ करोडभन्दा बढी लागतमा गणेश माध्यमिक विद्यालयको दुई वटा अत्याधुनिक र सुविधा सम्पन्न भवन बनेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बनेको छ । जहाँ पानीदेखि स्वास्थ्य परिक्षणसम्मका सस्तो, सुलभ र अत्याधुनिक प्रविधिको प्रयोग गरी परीक्षण गरिन्छ । त्यस्तै अत्याधुनिक सेवासुविधा सहित सिपाडोल स्वास्थ्य चौकी उद्घाटनको प्रतिक्षामा रहेको छ । विकास बोल्छ, सिपाडोलमा काम देखियो, कुरा होइन । यस्तै छ करोडको लागतमा झ्यालीपाटी–कृष्णमन्दिर मुख्य सडक निर्माण भइरहेको छ । जसले सिपाडोलको पहिचान नै परिवर्तन गरिदिँदैछ ।

विगतमा बक्ती मुनिको अध्यारो जस्तै थियो । तर अहिले आशाको उज्यालो जस्तै सिपाडोलमा विकासको नयाँ लहर देखिएको छ । संस्कृतिसँगै विकास : सिपाडोल बन्दैछ नमुना सहर । भक्तपुरको ऐतिहासिक विशेषता मात्र होइन, नेपालकै पहिचानको रुपमा रहेको डोलेश्वर मन्दिर भक्तजनहरुको घुइचो लाग्ने गरेको छ । जहाँ करोडौंको लागत छ, जसले भक्तजनको सुविधामा कुनै कमजोरी छैन । मन्दिर प्राङ्गणमा नै भक्तजन तथा पुजारीको आवश्यक सम्पूर्ण व्यवस्थापन छुट्टा छुट्टै भवनमा मिलाइएको छ । भान्छा घरको समेत निर्माण गरिएको छ । डोलेश्वरमा हिन्दु धर्मावलम्बीको केन्द्र त हो नै । त्यो भन्दा बढी धार्मिक पर्यटकीय क्षेत्र हो, जहाँ विश्वका हिन्दुधर्मावम्बीहरु आउने गर्छन् । जसले गर्दा स्थानीयलाई रोजगारीको अवसर बनेको छ, व्यापारीक केन्द्र बन्दै गएको छ । कृष्ण मन्दिरले पनि भक्तजनको ध्यान केन्द्रीत गरिरहेको छ ।

अविश्वसनीय फड्को ः सिपाडोल अब आधुनिक सहर । त्यहाँका जग्गाहरु प्लानिङ् गरिएका छन्, व्यवस्थित सहर बनाउने योजनाका रहेका छन् । त्यसको लागि आवश्यक पर्ने द्धारैतर्फबाट सडकले जोडिएको छ । यसैको फलस्वरुप १६ करोडको लागतमा डोलेश्वर – पाटी भञ्ज्याङ सडक निर्माणको अन्तिम–अन्तिम चरणमा पुगेको छ । जहाँबाट उपत्यकाका सम्पूर्ण सहर तथा उपत्यका बाहिरका रमणीय डाँडा काँडा, हिमालहरुको दृष्यावलोकन गर्न सकिन्छ । जब बम्बो डाँडा पुगिन्छ, त्यहाँ पनि २५ लाखको सामुदायिक भवन बनिरहेको छ, बद्धपार्क बनिरहेको छ । त्यसको ठिक अलि पर पुगेपछि आशापुरी मन्दिर रहेको छ । त्यहाँसम्मको विकासलाई हेर्दा देखिन्छ, सिपाडोलले विकासको नयाँ युग प्रारम्भ गरेको छ, गति फेरको छ । असंख्य विकास भएका छन्, जनताले भोगेका छन् तर प्रचारमा देखिएका छैनन् ।