समाचार

ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु



काठमाडौँ, ३ बैशाख । कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाकाे मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति लम्कीचुहा नगरपालिका-५ को चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरकाे ठक्करबाट ६ वर्षीया बालिका
डिनल चौधरीको मृत्यु भएको हो ।

चाैधरीलाई राति पाैने ९ बजेतिरघर नजिकै सडकमा खेलिरहेकी अवस्थामा ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी डिनललाई तत्काल उपचारका लागि बर्दगोरिया अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा बालिकाको मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न ट्याक्टर र चालक लम्कीचुहा नगरपालिका–५ कै ३७ वर्षीय राम बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।