समाचार

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ



काठमाडौँ, ३ बैशाख । धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१३ वर्षीया बालिकामाथि यौनजन्य हिंसा गरेको आरोपमा प्रहरी चौकी लेगुवाबाट खटिएको टोलीले बुधबार साँझ महालक्ष्मी नगरपालिकाका ४२ वर्षीय धन बहादुर गिरी पक्राउ परेका हुन् ।

महालक्ष्मी नगरपालिका–६ गुठ बस्ने गिरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले उनलाई साँझ घरैबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गिरीमाथि थप कानुनी कारबाहीका लागि प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।