प्युठान, ३ बैशाख । प्युठानमा ‘डेटिङ’मा बसेक एक जोडीलाई बँदेल भन्दै गोली हान्दा युवकको मृत्यु भएको छ ।
गौमुखी गाउँपालिका–४ स्थित सामुदायिक वन क्षेत्रमा प्रेमीप्रेमिका डेटिङ बसिरहेको अवस्थामा सिकार गर्न गएका व्यक्तिले गोली प्रहार गर्दा युवकको मृत्यु भएको हो । युवती घाइते भएकी छन् । जंगली जनावरको खोजीमा जंगल पसेका चार युवाको समूहले ‘बँदेल देखियो’ भनेर गोली चलाउँदा बसिरहेका युवायुवतीलाई लागेको हो ।
गोली लागेर नौबहिनी गाउँपालिका–४ का १९ वर्षीय सुशील परियार ढलेका थिए । उनीसँगै रहेकी १८ वर्षीया किशोरी पनि घाइते भइन् । चैत ३० गते उनले उपचारकै क्रममा परियारको मृत्यु भएको हो । घाइते किशोरी भने उपचारपछि खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी नरहरी अर्यालले जानकारी दिए ।
प्रहरीका अनुसार २७ वर्षीय वीरेन्द्र केसीसहित चारजना शिकार खेल्न गएका थिए । घटनापछि संलग्न सबैलाई पक्राउ गरिएको छ । उनीहरूबाट दुई थान भरुवा बन्दुक समेत बरामद गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्