काठमाडौँ, ३ बैशाख । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई थप व्यवस्थित बनाउने भन्दै ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ जारी गरेको छ ।
भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गर्दै केन्द्रीय बैंकले चैत मसान्तसम्मका विभिन्न परिपत्र र निर्देशनहरूलाई एकीकृत गरी यो नयाँ व्यवस्था लागू गरेको हो । यस निर्देशनले विद्युतीय कार्ड, मोबाइल बैंकिङ र डिजिटल वालेटका लागि नयाँ मापदण्ड तथा कारोबारको सीमा निर्धारण गरेको छ ।
नयाँ निर्देशनअनुसार अब मोबाइल बैंकिङ मार्फत दैनिक ३ लाख रुपैयाँ र इन्टरनेट बैंकिङ मार्फत दैनिक २० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ । डिजिटल वालेटका हकमा भने बैंक खाताबाट वालेटमा दैनिक २ लाख र मासिक १० लाख रुपैयाँसम्म पठाउन सकिने सीमा तोकिएको छ । साथै, एउटा वालेटबाट अर्को वालेटमा हुने कारोबारमा दैनिक ५० हजार र मासिक ५ लाख रुपैयाँको सीमा कायम गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्