समाचार

गैँडाको खागसहित चार जना पक्राउ   



काठमाडौँ, ४ बैशाख । सुनसरी बर्जु गाउँपालिका–६ बाट गैडाको खागसहित चार जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित गएराति पक्राउ गरेको हो ।

झापाबाट गैँडाको खाग लिएर आइरहेको भनी आएको गोप्य सूचनाका अधारमा खागसहित बर्जु–६ ताल नजिकबाट चार जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाको साथबाट एउटा खाग, दुईवटा मोटरसाइकल बरामद गरिएको छ । पक्राउ परेकाको नाम गोप्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ । यसको सञ्जाल ठूलो भएको र अनुशन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरेको प्रहरीले जनाएको छ ।