अर्थ

नेप्से परिसूचक झिनो अंकले बढ्यो



काठमाडौँ, ४ बैशाख । आज नेप्से झिनो अंकले बढेको छ ।

आज बजार ५.३६ अंकले बढेर नेप्से परिसूचक २८८३.४० विन्दुमा बन्द भएको छ । 

कारोबार रकमका आधारमा भने बजार घटेको छ । बिहीबार नौ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएकामा आज सात अर्ब ४६ करोडको कारोबार भएको नेप्सेले जनाएको छ । 

समूहगत सूचकतर्फ होटेल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, ‘अन्य’ र व्यापार समूहको सूचक बढेको छ । बाँकीको घटेको छ । 

सबैभन्दा धेरै उत्पादन समूहको १६२.१६ अंकले घटेको छ । सर्वाधिक निर्जीवन बिमाको ५७.८८ अंकले घटेको हो । 

आज ३३५ कम्पनीको सेयर कारोबार हुँदा १०८ कम्पनीको मूल्य बढ्यो, १५० को घट्यो भने १२ वटाको स्थिर रह्यो । 

रकम र सेयर संख्याका आधारमा नेसनल हाइड्रोपावरको ६६ करोड ८६ लाखबराबरको २१ लाखभन्दा बढी कित्ता किनबेच भएको छ ।