काठमाडौँ, ६ बैशाख । जेनजी आन्दोलनका बेला कारागारबाट भागेका एक जना कैदी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार जेनजी आन्दोलनका बेला सुन्धारास्थित कारागारबाट भागेका सोलुखुम्बुको दूधकुण्ड-६ सल्लेरीका २७ वर्षीय मिङमार शेर्पा पक्राउ परेका हुन् ।
शेर्पालाई शनिबार कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट पक्राउ गरिएको हो । बलात्कार मुद्लामा कारागार चलान भएका उनी भागेर मुलपानीमै बस्दै आएका थिए ।










प्रतिक्रिया दिनुहोस्