समाचार

४ थान पेस्तोल र ५८ राउण्ड गोली फेला



काठमाडौँ, ६ बैशाख । चार थान पेस्तोल र ५८ राउण्ड गोली बिष्णुमति खोला किनारमा फेला परेको छ ।

काठमाडौँ महानगरपालिका–१५ शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट उक्त पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पेस्तोल र गोलीका साथै ७ थान म्यागजिन पनि भेटिएको छ ।

विशेष सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उक्त हतियार बरामद गरेको हो । उक्त हतियार जेनजी आन्दोलनको क्रममा प्रहरीबाटै लुटिएको हुनसक्ने आशंका गरिएको छ ।