अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ८ बैशाख । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार  ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर ५ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।