समाचार

भीरबाट लडेर एक जनाको मृत्यु



काठमाडौँ, १८ जेठ । बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार सोही नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानीको आइतबार वनमा घाँस काट्न गएका बेला भीरबाट लडेर मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।