काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् ।
भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत पार्कलाई नेपालका लागि गणतन्त्र कोरियाको राजदूत नियुक्त भएकोमा बधाई दिए । मन्त्री खनालले दुवै देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्न नेपाल सरकार इच्छुक रहेको उल्लेख गरे । राजदूतका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहने उनको भनाइ छ ।
भेटका क्रममा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको थियो । दुवै पक्षले आगामी दिनमा विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ र विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्