काठमाडौँ, २१ जेठ । कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासी समुदायबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु भएको छ । उनको बिहीबार वीर अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो ।
दर्जीको मृत्यु भएको उनकी पत्नी विमला सुनुवारले जानकारी दिइन् । होल्डिङ सेन्टरमै बिरामी अवस्थामा बसिरहेका दर्जीको स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि परिवारले उपचारका लागि वीर अस्पताल लगेको थियो ।
अस्पताल पुग्दा उनको फोक्सोमा पानी जमेको चिकित्सकले बताएका थिए । उनी लामो समयदेखि फोक्सो सम्बन्धी रोगका बिरामी रहेको परिवारले जनाएको छ । अस्पताल पुगाएपछि चिकित्सकले उनलाई आईसीयूमा राखेर उपचार गर्ने निर्णय लिएका थिए । तर, उनको ज्यान जोगिएन । दुई साताअघि नै दोषी ठहर भएका सिंहमाथि सजाय निर्धारण गर्दै विशेष अदालतले चार वर्ष कैद एक महिना कैद र ३८ लाख ५० हजार रुपैंया जरिवानाको फैसला सुनाएको हो ।
उनलाई कसुरबापत चार वर्षको कैद सजाय तोकिएको हो भने विशिष्ट पदमा बसेर कसुर गरेको आरोपमा थप एक महिनाको कैद फैसला भएको हो ।
उनको परिवारमा तीन जना सदस्य रहेको पत्नी विमलाले जानकारी दिइन् । दर्जीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारको तयारी छ ।










प्रतिक्रिया दिनुहोस्