अर्थ

‘बजेट र म’बारे संगठित रुपमा अफवाह फैलाइयो: मन्त्री वाग्ले



काठमाडौँ, २७ जेठ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताउनु भएको छ ।

बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

“बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको छ, ू अर्थमन्त्री डा।वाग्लेले भन्नुभयो, ” म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ । “

अहिले समिति बैठक जारी छ । अर्थमन्त्रीले आफ्नो धारणा राखिरहनु भएको छ ।