काठमाडौँ, २९ जेठ । रौतहटको दक्षिणी भेगस्थित परोहा नगरपालिका–७ नरकटिया गाउँकी एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्थानीय दीपनारायण पटेलकी ७० वर्षीय श्रीमती लखपतिया देवी आज बिहान खेतबारी हेर्न गएको अवस्थामा गाउँनजिकै रहेको कुलो छेउको खेतमा मृत फेला परेकी हुन् ।
घटनापछि स्थानीयवासीले उनको सुनका गहना लुटपाट गरी घाँटी थिचेर हत्या गरिएको हुनसक्ने आशंका गरेका छन् । वृद्धाको मृत्युको खबर फैलिएसँगै गाउँ शोकमग्न बनेको छ ।
मृतकको नाकबाट रगत बगेको देखिए पनि शरीरमा अन्य कुनै चोटपटक फेला नपरेको बताइएका छ । ‘शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्