काठमाडौँ, ३० जेठ । बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गएराति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको छ । ट्याक्टर सडकदेखि करिब ५० मिटर तल खसेको छ ।
चालकको शव दुर्घटनास्थलभन्दा ७० मिटर तल फेला परेको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्