काठमाडौँ, ३१ जेठ । झापा मेचीनगर नगरपालिका ४ स्थित वडा कार्यालय अगाडि जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्कने क्रममा जङ्गलबाट आएको हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।
हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्