अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३१ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९३ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेर ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।