राजनीति

आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस



काठमाडौँ, २९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष २०८२–०८३  को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । 

नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगको प्रतिवेदन राष्ट्रप्रमुख समक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोगको प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने गरिएको छ ।