समाचार

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध



काठमाडौँ, ५ असार । पहिरोले लमजुङ–मनाङ जोड्ने सडक बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । 

बिहीबार साँझदेखि परेको वर्षाले यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

पानी ठूलो परेकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने सम्भावना पनि रहन्छ । सडक माथिबाट ढुंगा माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भइरहेको छ ।

सडक अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङमा जाने र सो जिल्लाबाट बेँसीसहर हुँदै विभिन्न ठाउँमा जाने दर्जनौँ सवारीसाधन अलपत्र परेको प्रहरीले जनाएको छ । 

यस क्षेत्रमा वर्षैंपिच्छे पटकपटक पहिरो जाँदा सो स्थानमा यात्रा जोखिमपूर्ण बन्नुका साथै यात्रामा समस्या हुँदै आएको छ ।