राजनीति

केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि प्रस्ताव आह्वान



काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि प्रस्ताव आह्वान गरेको छ ।

पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै रास्वपाले घरजग्गा खरिदका लागि औपचारिक रूपमा प्रस्ताव आह्वान गरेको हो।

हाल अस्थायी व्यवस्थापनमा सञ्चालन भइरहेको केन्द्रीय कार्यालयलाई आफ्नै स्वामित्वको स्थायी संरचनामा सार्ने केन्द्रीय समितिको निर्णय (मिति २०८३–०६–१७) बमोजिम पार्टीले यो प्रक्रिया अघि बढाएको हो।

पार्टीले बुधवार जारी गरेको सूचनाअनुसार खरिद गरिने घर वा जग्गा आवागमनका दृष्टिले सहज ठाउँमा हुनुपर्नेछ। त्यस्तै, कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको र पर्याप्त भौतिक पूर्वाधार भएको घर वा नयाँ पूर्वाधार निर्माण गर्न पुग्ने क्षेत्रफल भएको जग्गा आवश्यक रहेको पार्टीले जनाएको छ।