अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ५ असार । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १० हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३०५ रुपैयाँले घटेर ४ हजार ६४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।