दाङ, ६ असार । तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर स्थित फूलबारी क्षेत्रमा दुईवटा अटो एक-आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् ।
फूलबारीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४४६५ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा १ ह ७१४७ नम्बरको अटो एक-आपसमा ठक्कर खाँदा यो दुर्घटना भएको हो । दुर्घटनामा रा १ ह ४४६५ नम्बरका अटो चालक तुलसीपुर–१३ बस्ने विक्रम चौधरी गम्भीर घाइते भएका छन् । अन्यको अवस्था सामान्य रहेको छ ।
उनको अनुहार तथा शरीरमा भित्री चोट लागेको छ । प्रारम्भिक जाँचका क्रममा चालक चौधरीले मदिरा सेवन गरेको खुलेको छ । घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्