काठमाडौँ, ८ असार । काठमाडौँ महानगरपालिका-४ धुम्बाराहीबाट स्रोत नखुलेको नगद ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ३९ वर्षीय समिर लामा रहेका छन् ।
प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले बा.प्र.०२-०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित आइतबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्