समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



काठमाडौँ, २८ असोज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ एचआइडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन् ।

प्रहरीका अनुसार आज बिहान पूर्वपश्चिम राजमार्गमा हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना४२प ७२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग१ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो ।

प्रहरीले दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकलसहित ट्रक चालक सर्लाहीको धनकौल गाउँपालिका–१ निवासी ४४ वर्षीय नागेश्वर महतोलाई नियन्त्रणमा लिएको छ ।