काठमाडौँ, ९ असार । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अन्सुअर सोमबार राति हाल भक्तपुरको गठ्ठाघर बस्ने सुनसरीको धरान उपमहानगरपालिका-४ घर भएका ३८ वर्षीय भीमबहादुर राईलाई पक्राउ गरेको हो ।
राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । उक्त उजुरीका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका राईमाथि हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्