काठमाडौँ, ११ असार । २४ जुन २०२६ फुटबलका जादुगर लियोनेल मेस्सीको जन्मदिनको विशेष अवसर पारेर डिजिओ र हिमालयन स्पोर्ट्सले फुटबल फ्यानहरूका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो र आकर्षक उपहार योजना सार्वजनिक गरेका छन् ।
अनधिकृत तथा पाइरेटेड स्ट्रिमिङ प्लेटफर्महरूलाई निरुत्साहित गर्दै दर्शकहरूलाई आधिकारिक च्यानलबाट फिफा विश्वकप २०२६ को उत्कृष्ट अनुभव दिलाउन “FINAL_ FIFA WORLD CUP 2026 ULTIMATE SUBSCRIBERS GIVEAWAY” अभियान संचालन गरिएको हो। यस अभियान अन्तर्गत डिजिओ एपमार्फत सिधै ‘सिजन पास’ वा ‘मोबाइल पास’ खरिद गर्ने ग्राहकहरूले लियोनेल मेस्सीद्वारा हस्ताक्षरित अर्जेन्टिनाको आधिकारिक जर्सी लगायतका बम्पर उपहारहरू जित्न सक्नेछन् ।
विश्वकपको उत्साहलाई हरेक चरणमा बढाउनका लागि दुवै पास (सिजन र मोबाइल) खरिदकर्ताहरूलाई समेट्ने गरी बहु-स्तरीय पुरस्कारको व्यवस्था गरिएको छ । जसमा सिजन पास विजेताहरूका लागि लियोनेल मेस्सीको हस्ताक्षरित जर्सी सेमिफाइनलको रोमाञ्चक चरणमा उपलब्ध गराइने, क्रिस्टियानो रोनाल्डोको हस्ताक्षरित पोर्चुगलको आधिकारिक जर्सी, नेयमारको हस्ताक्षरित ब्राजिलको आधिकारिक जर्सी, भियतनाम टुर प्याकेज (विजेता जोडीका लागि), ५५” स्मार्ट टिभी, मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाई (जोडीका लागि) रहेका छन् भने मोबाइल पास विजेताहरूका लागि भियतनाम टुर प्याकेज (विजेता जोडीका लागि), ५५” स्मार्ट टिभी, ४३” स्मार्ट टिभी, स्मार्टफोन रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्