उदयपुर, १३ असार । टिपर दुर्घटनामा परेर ७ जना घाइते भएका छन् ।
शनिबार जिल्लाको कटारी नगरपालिका १ पानीट्याङ्कीस्थित सिद्धिचरण लोकमार्गमा ना १ क ५५४९ नम्बरको टिपर अनियन्त्रित भएर सडक किनारमा पल्टिँदा ७ जना घाइते भएका हुन् ।
दुर्घटनामा कटारी नगरपालिका २ गुराँसे बस्ने शेरबहादुर थापा, सोही स्थान बस्ने सुनिता थापा, जेनी श्रेष्ठ, सिता श्रेष्ठ, यशोदा खड्का, कृजा थापा र कुलबहादुर अधिकारी घाइते भएका छन् ।
शेरबहादुर थापा र सुनिता थापाको मिर्चैयास्थित मनकामना अस्पतालमा उपचार भइरहेको छ भने अन्य पाँच जनाको मिर्चैयास्थित विष्णु क्लिनिकमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्