काठमाडौँ, १८ असार । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि केन्द्रित रहेर छलफल हुने भएको छ।
बिहीबार अपराह्न १:१५ बजे बस्ने तय भएको उक्त बैठकका लागि संसद् सचिवालयले सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ । यस बैठकमा मुख्य गरी विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथि केन्द्रित रहेर छलफल चलाइने तयारी गरिएको छ ।











प्रतिक्रिया दिनुहोस्