समाचार

सवारीसाधनको ठक्करबाट एक जनाको मृत्यु



काठमाडौँ, १८ असार । नवलपरासीको कावासोती नगरपालिका–८ स्थित खरकट्टा जंगल सडकखण्डमा अज्ञात सवारीसाधनको ठक्करबाट हुप्सेकोट गाउँपालिका–५ का २३ वर्षीय तिलबहादुर राना मगरको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति गम्भीर घाइते अवस्थामा भेटिएका राना मगरलाई उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएकामा आज बिहान उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

ठक्कर दिएर फरार सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।