अर्थ

ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली



काठमाडौँ, २१ असार । बितेका २४ घण्टामा एक हजार ८ सय १३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको नौ, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ५, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय १९ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १ सय १५ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १ सय २, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, सडकपेटीमा ‘पार्किङ’ गर्ने १ सय १७, एकतर्फी सडकमा सवारी चलाउने ६५ र अन्य सवारी नियम पालना नगरेका एक हजार १ सय १० जनालाई कारबाही गरिएको हो । यसबाट राज्यकोषमा पाँच लाख २८ हजार ५ सय १ रुपैयाँ राजस्व दाखिला भएको छ ।