अर्थ

नेप्सेका सीईओ चापागाईंद्वारा राजीनामा



काठमाडौँ, २२ असार । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् ।

सीईओ चापागाईले आज बिहान अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका हुन् । आफ्नो कार्यकाल पूरा हुनुअघि नै चापागाईंले पदबाट राजीनामा दिएका छन् ।

उनले सरकारको दबाब र अन्य कुनै विषय नभई आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको बताए । चापागाईं २०८१ साल चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सीईओ पदमा नियुक्त भएका थिए ।