काठमाडौँ, २३ असार । आज सेयर बजारको परिसूचक नेप्से २४.५७ अंक बढेको छ । यो वृद्धिपछि नेप्से २६५१ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २६.२९ अंक घटेको थियो ।
आज दिनभरजसो बजार हरियो अंकमा रह्यो । आजै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ । मौद्रिक नीतिमा बजारका लागि अनुकूल नीति आउने अपेक्षा लगानीकर्ताले गरेका छन् ।
कारोबार रकम बढेको छ । अघिल्लो दिन ३ अर्ब ५५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४० करोडको भयो । २१० कम्पनीको मूल्य बढेको छ भने ५७ को घटेको छ । १० कम्पनीको मूल्य स्थिर रह्यो ।
बैंकिङ १.५२, विकास बैंक १.१३, व्यापार १.८९ प्रतिशत बढे । त्यस्तै फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.९९, लगानी ०.३८, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.२५, निर्जीवन बीमा ०.७२ र अन्य ०.७७ प्रतिशत बढे ।










प्रतिक्रिया दिनुहोस्