काठमाडौँ, २४ असार । मध्य चीनको हुबेई प्रान्तमा सोमबार राति आएको भीषण आँधीबेहरी र चक्रवातका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३३१ जना घाइते भएका छन् ।
यस प्राकृतिक विपत्तिमा परी एक जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । स्थानीय प्रशासनका अनुसार सोमबार राति ७ देखि ११ बजेको समयमा हुबेईको पूर्वी क्षेत्र-विशेषगरी हुआङ्सी, हुआङ्गाङ, एजोउ र सियानिङलगायतका सहरहरूमा मेघगर्जनसहितको शक्तिशाली हावाहुरी चलेको थियो । केही स्थानमा हावाको गति ‘लेभल १३’ सम्म पुगेको र चक्रवात समेत आएको जनाइएको छ ।
यस भीषण हावाहुरीले भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। अधिकारीहरूका अनुसार आँधीका कारण २२ वटा भवन पूर्ण रूपमा भत्किएका छन् भने ४ हजार ८ सय ५५ वटा अन्य घर तथा संरचनाहरूमा क्षति पुगेको छ।










प्रतिक्रिया दिनुहोस्