काठमाडौँ, २४ असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अखाद्य वस्तु बिक्री गर्ने एक व्यावसायिक फर्मलाई २ लाख रुपैयाँभन्दा बढी जरिबाना तिराएको छ ।
विभागले बुधबार अनुगमन क्रममा भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीमा रहेको ‘जिरे खुर्सानी दरबार’ रेस्टुरेन्टलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको हो । उक्त व्यवसायमा अखाद्य वस्तु भेटिएपछि उक्त रकम जरिबाना तिराइएको विभागले जनाएको छ ।
यसैगरी विभागले काठमाडौं थापाथलीस्थित इन्डेक्स डिस्ट्रिब्युटर्स प्रालिलाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित ३ दिनभित्र बबरमहलस्थित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
त्यस्तै ताहाचलस्थित भिजन इन्टरनेसनल प्रालिलाई पनि व्यवसाय दर्ता प्रमाणपत्र र खरिद–बिक्री बिलसहित ३ दिनभित्र विभागमा हाजिर हुन निर्देशन दिइएको छ ।










प्रतिक्रिया दिनुहोस्