राजनीति

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु



पोखरा, २५ असार । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ ।

सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित सो आयोजना विसं २०७८ मङ्सिरमा सुरु भएको हो । प्रारम्भिक रूपमा १५ दिन आयोजना परीक्षण अवधिमा रहेको निर्देशक दीपक बरालले जानकारी दिए । त्यसपछि नियमित व्यावसायिक उत्पादन सुरु हुनेछ ।

सो अवधिमा उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह गरिनेछ भने आयोजना र उपकरणको प्राविधिक परीक्षण गरिने छ । आयोजनामा रु पाँच अर्ब पाँच करोड लगानी भएको छ ।