समाचार

स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु



सिरहा, २५ असार । सिरहामा स्कुल बस र मोटरसाइकल ठोकिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत गोलबजार नगरापालिका-९ चोहवामा मे.१ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिङग स्कुलको बसमा सोही दिशाबाट आउँदै गरेको म.प्र.०१-००५ प ३४०६ नम्बरको मोटरसाइकल ठोकिंदा मोटरसाइकलमा सवार परिचय नखुलेका अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको हो ।

दुर्घटनामा मिर्चया-५ का २४ वर्षीय शंख रिहान र १९ वर्षीय यनतियाज राइन घाइते भएका छन् । रिहानको अवस्था गम्भीर रहेको छ। उनको लाइफ लोङ्ग अस्पताल गोलबजारमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनगर रिफर गरिएको छ।