काठमाडौँ, २६ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी साउनदेखि तीन महिनासम्म डेंगु सचेतना अभियान सञ्चालन गर्ने भएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाअन्तर्गत किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार साउन, भदौ र असोज महिनाभर अभियान सञ्चालन गरी डेंगुबाट बच्ने उपायबारे सर्वसाधारणलाई सचेत गराइनेछ।
उनले साउनदेखि वर्षा बढेसँगै पानी जम्ने र त्यही पानीमा डेंगु सार्ने लामखुट्टे बढ्ने भएकाले सचेतना अभियान सञ्चालन गर्न लागिएको बताए ।










प्रतिक्रिया दिनुहोस्