काठमाडौँ, २७ असार । महोत्तरीमा ३५.०४ ग्राम खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बर्दिबास न.पा.-१, बर्दिबास चोकस्थित पूर्व–पश्चिम राजमार्गमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासको चेकपोस्टमा राजविराजबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०१-००६ ख ७००२ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा ३५.०४ ग्राम खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डडेल्धुराको साविक रूपाल गा.वि.स समिति-७, हाल भागेश्वर गा.पा. -१ बस्ने २६ वर्षीय पदम ठकुराठी र जिल्ला रौतहट, चन्द्रपुर न.पा. -४, गैरीगाउँ बस्ने अन्दाजी १७ वर्षीया सुप्रिया राना मगर रहेका छन् ।
चेकजाँचका क्रममा पदम ठकुराठीको साथबाट लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थ फेला परेको थियो । उक्त पदार्थको तौल गर्दा ३५.०४ ग्राम रहेको पुष्टि भएको छ । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्