समाचार

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध



काठमाडौँ, २७ असार । जुम्लाको कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार अविरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

पहिरो हटाउनका लागि बिहान ३ः०० बजेदेखि काम भइरहेको छ । यसका लागि सडक डिभिजन सुर्खेतसँग आवश्यक समन्वय भइरहेको छ ।

कार्यालयले वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्ने सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।