राजनीति

मधेस प्रदेश सभा बैठक बस्दै



जनकपुरधाम, २८ असार । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल अघि बढाउन मधेस प्रदेश सभा बैठक आज  दिउँसो १ बजेका लागि बोलाएको छ ।

आर्थिक वर्ष सकिन पाँच दिनमात्र बाँकी रहेकाले बजेट पारित नभए प्रदेश आर्थिक संकटमा पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै बैठक बोलाइएको हो । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले सभामुखले बजेट समयमै पारित हुन नसके प्रदेश आर्थिक संकटमा फस्न सक्ने अवस्था रहेको भन्दै बैठक बोलाउने प्रस्ताव राखेपछि त्यसमा सहमति जुटेको बताए ।

बजेटप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलले लगातार प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका छन् । त्यसकै कारण असार १४ गतेयता प्रदेश सभाको बैठक बस्न सकेको छैन । आजको सर्वदलीय बैठकबाट सहमति जुटे प्रदेश सभाले बजेटमाथि छलफल अघि बढाउँदै पारित गर्ने प्रयास गर्नेछ ।